नेपाली क्रिकेट टोलीका खेलाडीलाई प्रधानमन्त्री प्रचण्डले भेटेरै दिए बधाई [तस्बिरहरू]

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– एकदिवसीय (ओडिआई) विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टाेलीका खेलाडीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेरै बधाई दिएका छन् ।

cricket team and prachanda (1)1679029428.jpg

उनले आज बिहान बालुवाटार बोलाएर टोलीका खेलाडी तथा प्रदाधिकारीलाई सम्मान गरेका थिए ।

cricket team and prachanda (5)1679029428.jpg

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।

cricket team and prachanda (2)1679029428.jpg

यसैबीच, सरकारले विश्वकप छनोटमा स्थान बनाएको टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

cricket team and prachanda (4)1679029428.jpg

नेपालले बिहीबार घरेलु मैदानमा युएईलाई हराउँदै विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो ।

cricket team and prachanda (6)1679029429.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्