नेभिगेशन
खेलकुद

एनपीएलको पहिलो संस्करणमा क्यानले कमायो २७ करोड ६९ लाख ६४ हजार, २ करोड ४६ लाख मुनाफा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ ।

नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय व्यय विवरणअनुसार उक्त रकम बचत गरेको हो ।

एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

जसबाट बचत रकमको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाडिएको छ । बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ ।

image-211-1753977714.png
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

पलेशाले जितिन् अर्को काश्य