उपराष्ट्रपतिबारे निर्णय गर्न रास्वपाले बैठक बस्दै 

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति पदको निर्वाचनको बारेमा निर्णय गर्न आजका लागि बैठक बोलाएको छ ।

रास्वपाले आज बिहान साढे ११ बजे पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । 

आजै उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई मत दिने भन्ने बारेमा निर्णय गर्ने जनाइएको छ ।

अहिलेसम्म रास्वपाले कसलाई मत दिने भन्ने बारेमा निर्णय गरेको छैन ।

गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो ।

आज नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिलाकुमारी यादव उम्मेदवार छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्