नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई

नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत सबैलाई हार्दिक बधाई
बिहीबार, चैत २, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

‘लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई’, प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार