सगरमाथा र लुम्बिनी इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

बिहीबार, चैत २, २०७९

काठमाडौं –सगरमाथा र लुम्बिनी इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, सगरमाथा इन्स्यारेन्सका अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले एकीकृत कारोबारको संयुक्त उद्घाटन गरेका हुन् ।

२ कम्पनी गाभिए पछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थागत लोगो समेत सार्वजनिक गरिएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्