बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले बुधबार विश्वासका मत लिने

बिहीबार, चैत २, २०७९

हेटौँडा –बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ८ चैत बुधबार विश्वासको मत लिने भएका छन् । 

विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दि ए।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरे पछि सरकार अल्पमतमा परेको थियो ।

२६ पुसमा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार