चक्रवातबाट मलावी र मोजाम्बिकमा २१० जनाको मृत्यु

बुधबार, चैत १, २०७९

काठमाडौं –दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका २१० जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा १९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।  

मलावीमा ५८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन् । चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन् । मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थापित भएका रेडियो मोजाम्बिकले जनाएको छ ।

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ । 

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । देशभर करिब ६० हजार प्रभावित भएका छन् भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् ।  विस्थापित भएकाहरूले गिर्जाघर र विद्यालयमा आश्रय लिएका छन्। प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन् ।  

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार