एनआइसी एसिया बैकद्वारा बिमा रकम भुक्तान

बुधबार, चैत १, २०७९

काठमाडौं–एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी श्रेष्ठले सो रकम बिमाबापत पाएकी हुन् । बैंकको जावलाखेल शाखामा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्