राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा.चालिसे

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए । उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन् ।

त्यसैगरी, राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएक छन् । उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत छन् । 

तनहु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सोमबार राष्ट्रपति पदको शपथ लिएका हुन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्