बिल्वाओविरुद्ध बार्सिलोनाको साँघुरो जित

सोमबार, फागुन २९, २०७९

काठमाडौं–एथलेटिको बिल्वाओविरुद्ध साँघुरो जित हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगमा ९ अंकको अग्रता कायम गरेको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिकोलाई घरेलु मैदानमा १–० ले हराएको हो ।

पहिलो हाफको इन्ज्युरी समयमा राफिन्हाले सर्जियो बुस्केटको पासमा गोल गर्दै बार्सालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी भएको हो । 

२५ खेलबाट ६५ अंक बनाउँदै बार्सिलोना शीर्ष स्थानमा यथावत् छ । उता समान खेलबाट ५६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ । 

यी दुई चीर प्रतिद्वन्द्वी रियल र बार्साको एल क्लासिको भिडन्त नोउ क्याम्पमा आगामी आइतबार हुनेछ । 

यस्तै अर्को खेलमा अल्मेरियालाई २–१ ले हराउँदै सेभिल्ला १३औँ स्थानमा उक्लिएको छ ।

मार्लोका र रियल सोसिडाड तथा भिल्लारियल र रियल बेटिसले १–१ गोलको बराबरी गर्दै अंक बाँडे ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्