आइएमई ‘पेमोबाइल टप अप’मा ५ प्रतिशत क्यासब्याक निरन्तर

सोमबार, फागुन २९, २०७९

काठमाडौं–‘आइएमई पे’ले आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर कायमै राखेको छ ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धधित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत नै राखेको जनाएको छ ।

टप अपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेकोले यो अफरलाई यथावात राखिएको हो ।

यो अफरले वित्तीय साक्षरता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ ।

नगदभन्दा बढी डिजिटल कारोबारको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो ।

सेवाग्राहीले २ हजार रुपैयाँ रिर्चाज गर्दा १ सय रुपैयाँ र १ हजार रिर्चाज गर्दा ५० रुपैयाँ तथा १ सय रुपैयाँ रिचार्ज गर्दा ५ रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा ५ प्रतिशत र दर्ता नभएको मोबाइल नम्बरमा २ प्रतिशत कायम गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्