प्रिमियर लिग :

सलाह पेनाल्टीमा चुकेपछि तुलनात्मक कमजोर टोलीसँग स्तब्ध भयो लिभरपुल

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– स्टार फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा बिलग क्लब मानिएको लिभरपुल तुलनात्मक कमजोर बर्नमाउथसँग स्तब्ध भएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा लिभरपुल घरेलु टोली बर्नमाउथसँग १–० गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।

लिभरपुललाई स्तब्ध पार्न बर्नमाउथका फिलिप विलिङले पहिलो हाफको २८ औँ मिनेटमा गरेको गोल नै काफी रह्यो ।

७० औँ मिनेटमा लिभरपुलले खेललाई कम्तीमा बराबरी गर्ने अवसर पाएको थियो । तर, इजिप्टका स्टार सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित हुन पुग्यो । 

यस जितसँगै बर्नमाउथ २६ खेलबाट २४ अंक जोडेर १७ औँ स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २६ खेलबाट ४२ अंक जोडेर पाँचौं स्थानमा छ । यो च्याम्पियन्स लिगभन्दा तलको स्थान हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०६:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार