अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

शनिबार, फागुन २७, २०७९

काठमाडौँ –क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरेका छन् । यसले अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको विष्लेषक बताउँछन् ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) हो ।

नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अरु काम गर्ने छ। यसअघि प्रि–मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको सेयर कारोबारमा रोक लगाइएको थियो ।  

प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ । एसभीबी यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा संस्था हो । यसअघि साढे २ वर्ष पहिला अल्मेना स्टेट बैंक २३ अक्टोबर २०२० मा बन्द भएको थियो । 

यो बैंक सन् १९८३ मा स्थापना भएको थियो । यो अमेरिकामा आइटी कम्पनी, क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो ।

क्रिप्टो फर्महरुलाई दिएको कर्जा र क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुबेको जानकारहरु बताउँछन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार