सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा बजारमा

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –सवारीसाधन ब्रान्ड सुजुकीले नेपालमा ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक गरेको छ । 

सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिंग्सअन्तर्गतको सीजी मोटोकर्प र सीजी नेक्स्टजेनले २ नयाँ एसयूभी नेपालमा सार्वजनिक गरेको हो । 

सार्वजनिक भएका गाडीहरू कुल १५ मोडलमा सार्वजनिक भएका छन् । कम्पनीले दुवै गाडीका मोडलअनुसारको मूल्य पनि सार्वजनिक गरेका छन् । 

यसअनुसार २ मध्ये ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड जेटा ५ एमटीको चालू आवको मूल्य ६३ लाख ९९ हजार रुपैयाँ रहेकामा सुरुवाती मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

त्यसैगरी नयाँ ब्रेजा स्मार्ट हाइब्रिड ‘ब्रेजा एलएक्सआई’को चालू आवको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेकामा सुरुवाती मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्