सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।

सो कार्यक्रम चैत २ गते देखि नियमितरूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबका नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडी क्लबकाे निर्माता की इन्टरटेन्मेन्ट र  सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने छ ।

यस कार्यक्रमका मुख्य पात्रका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की छन्  भने कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भागमा देखिने छन् । 

कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्ने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार