रेमिटलीबाट पठाएको पैसा आइएमई पे वालेटमा

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ – रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटबाट पाउन सक्ने भएका छन् ।

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोनलगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने कम्पनीले जनाएको छ ।

यो सुविधाले ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आईएमइले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार