सामसङ स्मार्ट प्लाजा अब धनगढीमा

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ- नेपालका लागि  सामसङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एन्ड सप्लायर्सले  पुष्पलाल चोक, धनगढीमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ ।

प्रभाकर शमशेर थापा, हिम इलेक्ट्रोनिक्स र कलाधर ठाकुर कृष्ण कन्हैया अर्डर एन्ड सप्लायर्सद्वारा शुक्रबार प्लाजाको उद्घाटन गरियाे ।

सुविधा सम्पन्न सामसङ स्मार्ट प्लाजा ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध रहेकाे बताइएकाे छ ।

ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि  साट्न सक्ने जनाइएकाे छ ।

प्लाजाका प्रबन्धक शिवशंकर ठाकुरले धनगढीका ग्राहकको बढ्दो मागको आपूर्तिका निम्ति प्लाजा सञ्चालनमा ल्याइएको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्