सुजुकी ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– नेपालका लागि सुजुकी ब्रान्डको ४ पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सिजी होल्डिङअन्तर्गत अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले नेपालमा २ नयाँ एसयुभी ‘द ग्रान्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ ।

दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ ।

‘द ग्रान्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडल हो र यो नयाँ संस्करणको ग्रान्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्टेड फ्युचरिजम डिजाइन ल्यांग्वेजको प्रयोग गरिएको जनाइएको छ । जसले अरूभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।

सुजुकीको लेजेन्ड्री अल ग्रिप टेक्नोलोजीले यस एसयुभीको अफ–रोड क्षमता बढाउने दाबी गरिएको छ । साथै यो सेग्मेन्टको एसयुभीमा नभएका थुप्रै नयाँ फिचर पनि पाउन सकिने कम्पनीको भनाइ छ । 

ग्रान्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

335030752_597513938964746_240608432688307086_n1678436866.jpg

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयुभी भएको कम्पनीको दाबी छ । 

ब्रेजामा अत्याधुनिक प्रविधि र नेक्स्ट–जेनेरेसनको आराम र सुविधाजनक फिचर पाउन सकिनेछ ।

एक ठुलो फड्को मार्दै, यो स्पोर्टी एसयुभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने बताइएको छ ।

नयाँ ब्रेजामा हाइटेक सुविधा छन्, जुन सहर र बाहिरका सडकमा चलाउँदा उपयोगी हुन्छ ।

निकै प्रतिस्पर्धी एसयुभी सेग्मेन्टमा यी २ एसयुभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।

सिजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समय नेपाली बजारमा एसयुभीको माग उच्च छ ।

यसको एउटा प्रमुख कारण नेपालका फरक–फरक ड्राइभिङ स्थल भएकाले एसयुभी उचित हुने जनाइएको छ ।

साथै ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्