४ देशको बैठकको इरानद्वारा स्वागत

शुक्रबार, फागुन २६, २०७९

दमास्कस– इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ ।

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी ४ देशका उपविदेशमन्त्रीको सो संयुक्त बैठकको स्वागत गरे ।

४ देशका उपविदेशमन्त्रीको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खास गरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुने बताइएको छ ।

रुस र युक्रेनबीच जारी युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।

हाल सिरिया भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार