सन्दीपले दिए समर्थकलाई धन्यवाद

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– सन्दीप लामिछानेले नेपाली समर्थकलाई धन्यवाद दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीपले समर्थनले गरेको सहयोगप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् ।

घरेलु मैदानमा जारी क्रिकेट विश्वकप लिग– २ को सिरिजमा नेपालले बिहीबार पपुवा न्युगिनी (पिएनजी)लाई हराएको थियो । सो खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए । 

सो खेलमा समर्थन गरेकोमा नेपाली दर्शकहरूलाई सन्दीपले धन्यवाद दिएका हुन् ।

‘हिजो हामीले घरेलु मैदानमा जित हासिल गर्यौँ । यो महान क्षण थियो । यहाँहरूले गरेको समर्थनलाई म कदर गर्दछु । अर्को खेलको प्रतिक्षामा छु,’ उनले फेसबुकमा लेखेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्