चीनको राष्ट्रपतिमा पुनः सी 

शुक्रबार, फागुन २६, २०७९

सांघाई– चीनको नयाँ राष्ट्रपतिमा पुनः सी जिनपिङ निर्वाचित भएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति निर्वाचित भएका हुन् ।

१४औँ चिनियाँ जनकंग्रेस (एनपिसी)को जारी अधिवेशनले शुक्रबार उनलाई राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

No description available.

त्यस्तै एनपिसीले उनलाई चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ । 

त्यस्तै, हान झङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् भने झाओ लचीलाई एनसीपीको स्थायी कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ ।

No description available.

यसैबीच, नवनिर्वाचित राष्ट्रपति तथा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी शुक्रबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठाको सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्