आज बहराइन जाँदै सभामुख घिमिरे

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज बहराइन जाँदैछन् । 

सभामुख घिमिरे ६ दिनका लागि बहराइन जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । 

फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका संघको १४६ औँ बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन् । सभामुखमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल टोलीको नेतृत्व गर्दै आज शुक्रबार सभामुख बहराइन जान लागेको बताइएको छ । 

सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको सहप्रवक्ता धमलाले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्