एनआरएनद्वारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– गैरआवासिय नेपाली संघ (एनआरएन), अन्तराष्ट्रीय समन्वय परिषद्ले नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

एनआरएन अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव चिरञ्जीवी घिमिरेले आज गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल बिजयी भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् ।

सचिव घिमिरेले सिएननेपालसँग कुरा गर्दै भने, ‘नवनिर्वाचित राष्ट्रपति पौडेलले नेपालमा लोकतन्त्र , प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राष्ट्रपति पौडेलले राष्ट्र हितलाई केन्द्रमा राखी सम्पुर्ण नेपालीहरुको अभिभावकिय भुमिका निर्वाह गर्दै राष्ट्रिय एकता तथा मेलमिलापलाई सर्वोपरी राखेर काम गर्नेमा विश्वत्व छौँ ।’ 

एनआरएनले सुरुदेखी उठाउँदै आएको नेपाली नागरिकताको विषयलाई मध्यनजर गर्दै राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता बिधेयकबारे सचिव घिमिरेले ध्यानाकर्षणसमेत गराए । उनले रोकिएको नागरिकता बिधेयक यथासिघ्र पास गरी विदेशमा बसोबास गर्ने लाखौँ गैर आवासिय नेपालीहरुलाई सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सचिव घिमिरेले आग्रह समेत गरेका छन् ।

गैर आवासिय नेपालीको नागरिकताबारे  छिट्टो टुङ्गो लाग्नेमा एनआरएन ढुक्क भएको उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्