नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

बिहीबार, फागुन २५, २०७९

काठमाडौं –नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाइ दिएका हुन् । ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई’, देउवाले भनेका छन् ।

बिहीबार भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार