नेभिगेशन
समाचार

रास्वपाले कांग्रेसका पौडेललाई मतदान गर्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपतिको निर्वाचनकाे आचारसंहिता कायम रहेकाले निर्णय सार्वजनिक गर्न नमिल्ने रास्वपाका एक नेताले बताए ।

तर, स्रोतका अनुसार रास्वपाले पौडेललाई मत दिने निर्णय गरिसकेको छ ।

बैठक सकेर रास्वपाका सांसदहरू नयाँ बानेश्वरस्थित संसद् भवन आइसकेका छन् । 

बिहान १० बजेदेखि राष्ट्रपतिको निर्वाचन जारी छ । राष्ट्रपतिका लागि कांग्रेसका पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार