नेपालले दियो पिएनजीलाई २९८ रनको लक्ष्य

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई २९८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनायो ।

नेपालले आफ्नो एकदिवसीय (ओडिआई) इतिहासमा बनाएको यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक रन बनाए । उनले ११० बलमा ११० नै रन बनाउँदै शतकीय पारी खेले ।

cricket1678346418.jpg

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । उनी अर्धशतक बनाउनबाट ५ रनले चुके ।

यसैगरी भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

त्यस्तै, करण केसीले ८, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ७, सोमपाल कामीले अविजित ४ तथा कुशल मल्लले २ रन बनाए । 

केहीबरेपछि पिएनजीले ब्याटिङ गर्नेछ ।

May be an image of 1 person and text

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्