नेपालले चौथो विकेट गुमायो, शतक प्रहार गरेका आसिफ आउट

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यगिनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
शतक बनाएका आसिफ शेख ११० बलमा ११० नै रन बनाएर आउट भएका हुन् । 

३७.४ ओभरमा २०७ रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको हो ।

यसअघि नेपालका कुशल भुर्तेलले ४५, कुशल मल्लले २ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका थिए । 

अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्