ओडिआईमा आसिफको नयाँ कीर्तिमान, पहिलो शतक प्रहार

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यगिनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालका आसिफ शेखले शतक प्रहार गरेका छन् । 

उनले १०१ बलमा १०० रन पूरा गरेका हुन् । १० चौका २ छक्का प्रहार गरेका छन् । उनी अझै अविजित छन् ।  

यो आसिफको एकदिवसीय (ओडिआई)मा पहिलो शतक हो । यससँगै उनले एक हजार पनि पूरा गरेका छन् । उनले ३२ वटा एकदिवसीय खेल खेलेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार