कोका–कोलाले हजार महिलालाई डिजिटल सीपमार्फत् सशक्त बनाउने

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानतासम्बन्धि थप कार्यक्रम सुरु गर्ने भएको छ ।

गत वर्षको सक्षम कार्यक्रमको सफलता पपछि कोका–कोलाले यस वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । 

किराना पसल तथा खाजा घरहरू सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरूलाई १ दिने तालिममार्फत् व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीप सिकाई सुदृढ र सशक्त गर्ने उद्देश्यले सक्षम २.० को सुरुवात गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्न उनीहरूको क्षमताको विकास गर्ने लक्ष्यको साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो । 

त्यस कार्यक्रममार्फत् १००० भन्दा बढी महिला व्यवसायीहरूले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसायसम्बन्धि चुनौती र अवसरहरू पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेट्फर्म पाएका थिए ।

यस्तै चेतनामुलक सन्देश दिन सक्षम २.० ल्याइएको हो । यस वर्षको अन्तरर्राष्ट्रिय नारी दिवसको थिम ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी’ लाई समर्थन गर्ने लक्ष्य राख्छ । महिला व्यवसायीहरूको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धि क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।

यस वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यवसायीहरूलाई आफ्नो व्यवसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरूको व्यावसायिक क्षमता निर्माण गर्न यो कार्यक्रम केन्द्रित हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्