राष्ट्रपति निर्वाचनको मतदान सुरु : उम्मेदवार पौडेलले दिए पहिलो मत

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आज राष्ट्रपति निर्वाचन भइरहेको छ । नेपालको नयाँ राष्ट्रपतिका लागि केहीबेरअघि मतदान सुरु भएको छ ।

आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार पौडेलले पहिलाे मतदान गरेका छन् ।

उनीसँगै नेकपा (एमाले)को तर्फबाट सुवाचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्