प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको आज पहिलो सुनुवाइ 

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आजबाट पहिलो चरणको सुनुवाइ हुँदैछ । 

माओवालीले गरेको सशस्त्र द्वन्द्वका समयमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा प्रधानमन्त्रीविरुद्ध रिट दायर भएको थियो । 

आज बिहान १० बजेपछि इजलास तोकिनेछ । 

प्रचण्डले द्वन्द्वमा मारिएका १७ हजारमध्ये २०७६ मा भएको एक सभामा आफूले पाँच हजारको जिम्मा लिने बताएका थिए । यसैलाई लिएर उनीमाथि मुद्दा दर्ता भएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्