राष्ट्रपति निर्वाचनको १४ वर्षे इतिहास यस्तो छ

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– नेपालको राष्ट्रपति निर्वाचनको इतिहास छोटो छ । मात्र १४ वर्षको इतिहास छ । 

मुलुकमा २०६२÷६३ को जनआन्दोलनको उपलब्धिका रूपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने  व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका ५९४ सदस्य मतदाता थिए ।

ram baran (1)1678328260.png

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण ७७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा डा रामवरण यादवले २८३ तथा रामराजाप्रसाद सिंहले २७० मत प्राप्त गरे । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले ३०८ तथा सिंहले २८२ मत प्राप्त गरे ।

संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए । नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरूबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।

10 facts to know about Nepal's first women President Vidya Devi Bhandari |  World News – India TV

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।

उक्त निर्वाचनमा संघीय संसद् सदस्य ३३४ र प्रदेशसभा सदस्य ५५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा संघीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत)ले मतदान गरेका निर्वाचन आयोगको तथ्यांक उल्लेख छ । निर्वाचनमा आठ जना (०.९३ प्रतिशत) को मत बदर भएको थियो ।

संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार २७५ तथा कुमारीलक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्