माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूल पुगे

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिएका छन् । 

आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगेर अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुगेका थिए ।

शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते हुनुभएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्