ओलीको दाबी– राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका सफल र मर्यादित 

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिकारूपमा विद्यादेवी भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार काठमाडौँमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भण्डारीले सफल र मर्यादितरुपमा राष्ट्रपतिको कार्यकाल पूरा गरेको बताएका हुन् । 

एमालेले २०७२ सालमा विद्या भण्डारीलाई राष्ट्रपतिका लागि उम्मेदवार बनाएको थियो । 

त्यसपछि २०७४ को मंसिरमा भएको चुनावपछि फागुनमा उनैलाई राष्ट्रपतिमा दोहो¥याउने निर्णय एमालेले गरेर उम्मेदवार बनाएको थियो ।    

भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको भूमिका जिम्मेवार र कुशलतापूर्वक निर्वाह गरेको ओलीले दाबी गरे । 

‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुन सक्छन् । त्यसको खास अर्थ छैन,’ उनले भने । 

राष्ट्रपति भण्डारीले पहिलो कार्यकाल कुशलतापूर्वक निर्वाह गरेकाले दोस्रो कार्यकालको लागि उम्मेदवार बनाएको उनले स्पष्ट पारे ।

राष्ट्रपतिको रूपमा भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदै छ । 

कार्यक्रममा ओलीले पुरुषले भन्दा महिलाले राजनीतिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको पनि बताए । 

 

 
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार