रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार निर्णय लिने

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्