विज्ञान–प्रविधिमा लैंगिक समानता छैन : एन्टोनियो गुटरेस

मंगलबार, फागुन २३, २०७९

संयुक्त राष्ट्रसंघ– राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । 

उनले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल ९ग्याप० रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिए । 

उनले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरूलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिए । 

अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकाले यस क्षेत्रमा उनीहरूको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्ने उनले बताए । 

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसंघीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । 

यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उनले यस्तो बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्