मनाइयो अमेरिकामा होली (तस्बिरहरू)

मंगलबार, फागुन २३, २०७९

गणेश थापा, अमेरिका– संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन् ।

holi in america (1)1678152383.jpg

नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत् होली कार्यक्रममा ठुलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो ।

holi in america (2)1678152420.jpg

नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित सो कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले बताए ।

holi in america (4)1678152436.jpg

प्रवासको ब्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कला–संस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय संधै कटिबद्ध रहिरहने पोखरेलको भनाइ छ ।

holi in america (3)1678152452.jpg

यता ठुलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठॉउहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएको खबर प्राप्त भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्