एनएमबि बैंकद्वारा सामुदायिक विद्यालयमा डस्टबिन वितरण

सोमबार, फागुन २२, २०७९

काठमाडौँ-एनएमबि बैंकले झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामुदायिक विद्यालयको सरसफाइ तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यले ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा डस्टबिन वितरण गरेको हो ।

कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो ।

कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो । 

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्