Nic Ad Nic Ad
Nic Ad Nic Ad

शुक्लाफाँटा नगरपालिकाद्वारा अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति

सोमबार, फागुन २२, २०७९

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार अपांगता परिचयपत्र भएका आर्थिकरूपमा विपन्न परिवारका विद्यार्थीलाई माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो । 

एनएलआर नामक गैरसरकारी संस्था र नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम  अन्तर्गत अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाका शिक्षा शाखाका नायव प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए ।

‘नगरपालिकाको महिला तथा बालबालिका शाखामा छात्रवृत्तिका लागि निवेदन दिनका लागि सार्वजनिक सूचना आह्वान गरेका छौँ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘निवेदनसँगै जन्मदर्ताको प्रमाणपत्र, अपांगत परिचयपत्रको प्रतिलिपि, सम्बन्धित विद्यालयको सिफारिसपत्र, वडाका कार्यालयको सिफारिस पेश गरेका आधारमा छात्रवृत्ति प्रदान गरिने छ ।’
 
निवेदन दिनेको संख्या यकिन भइसकेपछि दमासाहीका हिसावले छात्रवृत्ति प्रदान गरिने छ । नगरपालिकामा रहेको माध्यमिक तह र उच्च माध्यमिक तहमा अपांगता परिचय प्राप्त गरेका विद्यार्थीको संख्या १२ छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पासोमा फसेको चितुवाको उद्धार 
सोमबार, फागुन २२, २०७९