राष्ट्रपतिका उम्मेदवार पौडेलले डल्लु पुगेर पूर्वप्रधानमन्त्री खनाललाई भेटे 

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आसन्न फागुन २५ मा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई उनकै निवासमा गएर भेटेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल आज बिहान डल्लु पुगेका थिए ।

भेटवार्ताका क्रममा राष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ ।

पौडेल आठदलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार छन् । अर्कोतिर नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पौडेलविरुद्ध उम्मेदवार खडा गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार