माओवादीलाई अपराधीकरण नगर्न विप्लवको चेतावनी

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत केही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् ।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव चन्दले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु विडम्बना भएको गुनासो गरे ।
दाहालविरुद्ध मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो ? भन्दै प्रश्न गरे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको दाबी  गर्दै माओवादीलाई अपराधीकरण नगर्न पनि उनले चेतावनी दिए ।
लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा स्वीकार्य नरेको जिकिर गर्दै माओवादीलाई अपराधी बनाए इतिहास दोह¥याउन पनि चन्दले चेतावनी दिए ।
महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने पनि बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्