नेभिगेशन
अटोमोबाइल्स

रोयल इनफिल्डको ‘रेसेस राइड’ सम्पन्न

काठमाडौँ –रोयल इनफिल्ड मोटरसाइकलका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रेसेस राइड’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना,  राइड सेफ्टी अवार्डनेस’ र बन्दीपुरको आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहक अनलाइन फर्म भरेर राइडमा सहभागी भएका थिए । ‘रेसेस राइड’ कार्यक्रम १९ र २० फागुनमा भएको थियो ।

१९ फागुन बिहान रोयल इनफिल्डको नक्साल शोरूमबाट सुरु भएको यो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनि–बेनिघाट–कुरिन्टार– मुङ्लिन–आबु खैरेनि–डुम्रे हुँदै सोही दिन बन्दीपुर पुगेको थियो ।

बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रम भएको थियो । 

मोटरसाइकल राइडमा सहभागीहरूले ‘फ्ल्पि त कप’ खेल पनि खेलेका थिए र विजेता सरोज पौडेलले रोयल इन्फिल्डबाट पुरस्कार पनि जितेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स