चेल्सीको जित, टोटनहम पराजित

आइतबार, फागुन २१, २०७९

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्सलाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले लिड्सलाई १–० गोल अन्तरले हराएको हो ।

वेस्ली फोफानाले गोल गर्दै जित दिलाएका हुन् । उनले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । 

यस जितसँगै चेल्सी २५ खेलबाट ३४ अंक जोडेर लिगको १०औँ स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७औँ स्थानमा छ ।

अर्काे खेलमा उल्भ्सले टोटनहमलाई १–० ले पराजित गरेको छ । उल्भ्सको जितमा एडमा ट्राओरेले ८२औँ मिनेटमा निर्णायक गोल गरेका थिए । यस जितसँगै उल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३औँ स्थानमा रहेको छ । पराजित टोटनहम ४५ अंक जोडेर चौथो स्थानमा रहेको छ । यो च्याम्यिन्स लिग खेल्ने स्थान हो । 

अर्काे खेलमा ब्राइटनले वेस्टह्याम युनाइटेडलाई ४–० ले पराजित गरेको छ । 

यस जितले ब्राइटन २३ खेलबाट ३८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । वेस्टह्याम भने २५ खेलबाट २३ अंक जोडेर १६औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्