लिग लिडर आर्सनलले दुई गोलको अग्रता उल्टायो

आइतबार, फागुन २१, २०७९

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बर्नमाउथमाथि पुनरागमन जित निकालेको छ ।

गएराति घरेलु मैदान एमिरेट्स स्टेडियमका भएको खेलमा आर्सनलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै बर्नमाउथलाई ३–२ को पुनरागमन जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । मार्कोस सेनेसीले ५७औँ मिनेटमा गोल गर्दै बर्नामाउथको अग्रता दोब्बर बनाए ।

तर, दुई लिग लिडर आर्सनलले दुई गोलको अग्रता पनि उल्टाइदियो । आर्सनलले आठ मिनेटमा दुई गोल फर्काउँदै खेल बराबरी ल्यायोे ।

आर्सनलका थोमस पार्टेले ६२ औँ र बेन ह्वाइटले ७०औँ मिनेटमा गोल गरेपछि आर्सनलले खेलमा पुनरागमन गर्न सफल भयो । तर, आर्सनलले बराबरीमै चित्त बुझाउने पगमा देखिएन । आक्रमण जारी राख्यो ।

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रेइस नेल्सनले ९७औँ मिनेटका सनसनीपूर्ण गोल गरे । त्यसपछि खेल आर्सनलले ३–२ ले जित्यो । जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँच कायमै राखेको छ । आर्सनलले २६ खेलबाट ६३ अंक जोडेको छ । सिटीको ५८ अंक छ ।

यस्तै, गएराति नै भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएको छ । वेस्ली फोपानोले गोल गर्दै जित दिलाएका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार