Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिका उम्मेदवारबारे योगेशको तर्क– पौडेल पार्टीको, नेम्वाङ राष्ट्रको

शनिबार, फागुन २०, २०७९

काठमाडौँ– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रपतिका दुई उम्मेदवारमा भिन्नता छुट्याएका छन् ।

उनले आज बिहान समाजिक सञ्जालमार्फत भिन्नता छुट्याउँदै आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङको पक्षमा घुमाउरो पारामा वकालत गरेका छन् ।

ram chandra-subash nembang (1)1677304556.png

भट्टराईले  आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र एमालेका नेम्वाङ दुवैले भोट मागेको पत्र सार्वजनिक गरेका छन् । जसमा पौडेलको पत्रमा पार्टी (कांग्रेस)को झण्डा छ ।

यस्तै, नेम्वाङको पत्रमा भने राष्ट्रिय झण्डा अंकित छ । यसलाई लिएर भट्टराईले भनेका छन्, ‘राष्ट्रपतिका दुवै उम्मेदवारको पत्र प्राप्त भयो ।  एउटा राष्ट्रिय झण्डा (राष्ट्रकोे)भएको, अर्को चारतारे झण्डा (पार्टीको ) भएको ! कस्तो राष्ट्रपति, कसको राष्ट्रपति ?’

कांग्रेसका पौडेल पार्टीको र आफ्नो पार्टी एमालेका नेम्वाङ राष्ट्रको उम्मेदवार भएको सचिव भट्टराईको तर्क छ ।  

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदै छ ।

यस्तो छ भट्टराईको तर्क : 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्