गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य 

बिहीबार, फागुन १८, २०७९

गण्डकी– गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । 

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी विज्ञप्तिमा प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने जनाइएको छ ।

त्यस्तै, प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

गण्डकी प्रदेशसभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गरे प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्