कुमारी बैंकका ग्राहकलाई बिवाइडी गाडीमा ८० प्रतिशत फाइनान्स

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

विद्युतीय सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा बिवाइडी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्यपछि कुमारी बैंकका ग्राहकले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारीसाधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै सो कर्जा ८ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ एकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्