सोलुखुम्बुका विद्यालयले गरे बेरुजु फर्छ्यौटमा अटेरी

बुधबार, फागुन १७, २०७९

सोलुखुम्बु–सोलुखुम्बुका–८ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयले बेरुजु रकम फर्छ्यौटमा अटेरी गरिरहेको पाइएको छ । 

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका स्थानीय तहले दुई करोड रुपैयाँभन्दा बढी बेरुजु रकम फर्छ्यौट गर्न अटेरी गरिरहेको पाइएको हो ।

नेचासल्यान गाउँपालिकाकाभित्रका विद्यालयले पाँच लाख, लिखुपिके गाउँपालिकामा ७१ लाख ७५ हजार रुपैया, सोलु दूधकुण्ड नगरपालिकामा २६ लाख १० हजार रुपैया, माप्य दूधकोसी गाउँपालिकामा ३० लाख ७५ हजार रुपैया, सोताङ गाउँपालिकामा एक लाख २५ हजार रुपैया, महाकुलुङ गाउँपालिकामा छ लाख २५ हजार रुपैया र थुलुङ दूधकोसी गाउँपालिकामा ७१ लाख रुपैया गरी दुई करोड १२ लाख १० हजार रुपैया बेरुजु फर्छ्यौट गर्न बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए । 

पटकपटक आग्रह गरेको भए पनि विद्यालयले वर्षौंअघिको बेरुजु फर्छ्यौट गर्न अटेरी गरिरहेको श्रेष्ठको भनाइ छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका विद्यालयको भने बेरुजु नरहेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्