श्रीलङ्कामा मट्टितेल प्रतिलिटर ५० घटाएर ३०५ रुपैयाँ कायम

बुधबार, फागुन १७, २०७९

कोलम्बो– श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । 

श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका हुन् । 

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी)ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ ।

मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ । औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ ।

सन् २०२२ मा घरेलु आर्थिक सङ्कटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो ।

सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्याएको थियो । जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो ।

श्रीलङ्काकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन् ।

बुधबार श्रीलङ्कामा एक अमेरिकी डलर बराबर ३ सय ६२.८४ श्रीलङ्काली रूपैँया कायम गरिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्