नेभिगेशन
समाचार

कांग्रेसले गठबन्धनको प्रदेश भेलामा पदाधिकारीलाई सहभागी गराउने

काठमाडौँ– नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशका सांसदहरूको भेलामा पार्टी पदाधिकारीहरूको सहभागिता गराउने निर्णय गरेको हो ।

भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूसमेतको सहभागिता हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउन पहल गर्ने निर्णय भएको उनले बताए । 

राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार